सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आरिफ र रशिदको अर्धशतकमा पुलिसले निकाल्यो तेस्रो जित, उक्लियो शीर्ष स्थानमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ। 

पुलिसले मंगलबार तेस्रो जित निकाल्ने क्रममा वीरगञ्जमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई ६ विकेटले हरायो। 

पुलिसले पाँच खेलमा तीन जित निकालेको छ भने एक खेल रद्द र एक खेलमा पराजय भोगेको छ। उसको सात अंक भएको छ। सात अंक नै भएका मधेश र त्रिभुवन आर्मी क्लब रनरेटमा पछि छन्। कोशीले भने अहिलेसम्म जित निकाल्न सकेको छैन। 

वीरगञ्जमा पुलिसले कोशीले  दिएको १६३ रनको लक्ष्य ४ विकेटको क्षतिमा ३३.५ ओभरमा पूरा गर्‍यो। 

पुलिसको जितमा रशिद खानले नटआउट ७३ रन र कप्तान आरिफ शेखले नटआउट ८१ रन बनाए। त्यसअघिका चार ब्याटर दोहोरो अंकमा रन नबनाइ आउट भए। जसमा दिनेश खरेलले २ रन बनाउँदा शंकर राना, अमित श्रेष्ठ र दिलसाद अली शून्यमा आउट भए। अमित  र शंकर चौथो ओभरमा विपिन महतोबाट लगातार आउट भएका थिए। 

त्यसअघि कोशी ४२.५ ओभरमा १६२ रनमा अलआउट भयो। उसका लागि सुमन श्रेष्ठले ४३ रन र सुजन थपलियाले ४८ रन बनाए। 

बलिङमा पुलिसका दिनेश खरेलले ५ विकेट लिए। ललित राजवंशी र सागर ढकालको नाममा २-२ विकेट रह्यो।

भर्खरै

सम्बन्धित खबर

Language »