सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेरोनाले मलेखु आरुवासटार जोड्ने पुल निर्माण कार्य ठप्प

धादिङ । कोरोना भाइरसको करह र लकडाउनलाई कारण देखाउदै निर्माण कम्पनीले मलेखु र आरुवासटार जोड्ने त्रिसुली नदिमाथीको पुल निर्माणको काम ठप्प पारेकोे छ ।

लकडाउनका कारण निर्माण सामाग्री नपाएको र ढुवानमिा समेत समस्या भएकाले पुल निर्माणको काम रोकिएको आयोजनाले जनाएको छ । सरकारले जारी राखेको लकडाउनका कारण पुल निर्माणमा प्रयोग हुने गिटि, सिमेन्ट, रडलगायतका निर्माण सामग्री नपाएकाले मुख्य निर्माणका कार्यहरु रोकिएको निर्माण कम्पनी निलगिरी नेशनल जेभीका प्रमुख युवराज डाँगीले बताए ।

निर्माण ब्यवसायी युवराज डाँगीले भने “हामीसंग रड सिमेन्ट लगायतका केहि स्टक सामानहरु त छन्, तर गिटि छैन । कामदारहरुपनी लकडाउनका कारण घर जान पाएका छैनन् । उनीहरु पनी काम गर्न आतुर छन् ।” कोरोना भाईरस रोकथामका लागी सरकारले एक्कासी लकडाउन गरेपछि टाढा घर भएर फर्किन नसकेका १० १२ जना जनशक्तिलाई क्याम्पमै रोकेर राखेको समेत उनले बताए । उनले सरकारले आयोजना स्थल नजिकै रहेको क्रसरलाई आयोजनामा मात्र सामाग्री खपत गर्नेगरी संचालन गर्न अनुमती दिए तत्कालै आफुहरुले काम सुचारु गर्ने बताए ।

यता पुल निर्माण कार्यको अनुगमन र सुपरीभेक्षण गर्ने निकाय पुल योजना मध्य क्षेत्र सेक्टर नं.२ का ईन्जीनियर पुरुषोत्तम् भण्डारीले भने अव छिट्टै पुल निर्माणको काम सुरु गर्ने विषयमा निर्माण ब्यवसायीसंग छलफल भैरहेको बताए । निर्माण सामाग्री आयात गर्नाका लागी पासको ब्यवस्था गर्ने गरी तयारी भैरहेको समेत ईन्जीनियर भण्डारीले बताए ।

दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरि बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु र सिद्धलेक गाउँपालिका वडा नं ४ आरुवासटार जोड्नेगरीे त्रिशुली नदी माथि दुई लेनको पक्की पुलको २०७५ साल पुष ३० गते शिलान्यास गरिएको थियो । तर डेढ बर्ष बितीसक्दा समेत पुल निर्माण कार्य भने कछुवाको गतीमा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »