सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो, ५ निको भएर घर फर्किए

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमितको संख्या ४३ पुगेको छ । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३ पुगेको हो ।उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण निको हुनेको संख्या ५ पुग्यो,

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत एकजना मंगलबार डिस्चार्ज भएसँगै घर फर्किनेको संख्या ५ पुगेको हो । अस्पतालले आज एक विज्ञप्तिमार्फत कैलालीको धनगढी उपमहानगरपालिका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएको जानकारी दिएको हो ।

सोही अस्पतालमा उपचाररत अर्का युवा पनि वैशाख ७ गते निको भइ घर फर्किसकेका छन् । यसअघि बागलुङमा उपचाररत बृद्धा र काठमाडौंमा उपचार गराएका एक पुरुष र एक महिना पनि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »