नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले प्लाज्मदान गर्नुभएको छ ।
कोरोना रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा खटिएको अवस्थामा थापालाई कोरोना संक्रमण भई निको भएको हो । थापाले भेरी अस्पतालमा उपचाररत कोभिडका गम्भिर विरामीको उपचारका लागि प्लाज्म दान गर्नुभएको हो ।
यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बांगले पनि प्लाज्मदान गर्नुभएको छ । प्रजिअ कुरुम्बांगले कोरोना पोजिटिभ गम्भिर विरामीको उपचारका लागि प्लाज्मदान गर्नुभएको हो ।
कुरुम्बांगको बाँकेमा कोरोना संक्रमण बढेको अवस्थामा जेठमा सरुवा भएको हो । बाँकेमा कोरोना रोकथाम र नियन्त्रणका लागि उहाँको सक्रियता अहिले पनि लोभलाग्दो देखिएको छ । भेरी अस्पतालमा कोभिड वार्ड सञ्चालनमा समेत उहाँको महत्वपूर्ण भूमिका रहेको छ ।