काठमाडौं। प्रधानमन्त्री बालेन शाहले दुईजना मन्त्री नियुक्त गरेका छन्।
शाहले आज उद्योग मन्त्रीमा गौरी कुमारी यादव र श्रम मन्त्रीमा रामजी यादवलाई नियुक्त गरेका हुन्। गौरी कुमारी उद्योग महोत्तरी ४ बाट निर्वाचित हुन् भने रामजी सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसद बनेका थिए।
दुवै मन्त्रीको आजै राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए। उनको ठाउँमा यादवलाई श्रममन्त्री नियुक्त गरिएको हो ।
उद्योग मन्त्रालयले प्रधानमन्त्रीले आफैँ राखिरहेका थिए ।








