सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजदेखि शुक्रबारसम्म भारि वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आजदेखि शुक्रबारसम्म देशभर ठूलो वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३(४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ७७ वटै जिल्लामा परिपत्र गरेर तयारीमा लाग्न निर्देशन दिइएको हो । यसअघि दुईपटक यसरी नै लगातार भारी वर्षा भइसकेको छ ।

विभागका अनुसार साउन १३ देखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम, प्रदेश र प्रदेश नं ५ का मध्य पहाडी भूभाग भई बग्ने नदीमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।

विभागले बाढी र मौसमसम्बन्धी दैनिक बुलेटिन हेर्न, बाढी पूर्वसूचना र मौसम पूर्वानुमानका साथै मोबाइलमा आउने एसएमएसबारे अद्यावधिक रहनसमेत सूचित गरेको छ ।

विपदबाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »