सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजा संग राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी लाई हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपराह्न नेपाल आइपुगेका हुन् । विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको थियो । उहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विमानस्थलबाट थानी सीधै शितल निवास पुग्नुभएको थियो ।
कतारका राजाको नेपाल भ्रमणको अवसरमा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुद लगायतका पाँच विषयमा सहकार्य गर्ने प्रस्ताव गर्दै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम हुने भएको छ ।
भ्रमणमा रहेका कतारका राजाले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता गर्नेछन् । दुई दिने नेपाल भ्रमणमा हिजो नेपाल आएका अमिरले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर थानीको सम्मानमा हिजो साँझ राजकीय भोजको आयोजना गर्नुभयो । रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »