सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झापाबाट धरान पठाइएका संक्रमितलाई रातभर बाहिरै राखियो,भर्नाबारे अझै टुंगाे लागेन

विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेको छ ।

यसकाे व्यवस्थापनबारे बुझ्न बिहानै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे आफै अस्पतालमा गएका छन् ।तर उपचार प्रक्रिया थाल्नेबारे अझै टुंगाे लागेकाे छैन । मन्त्री पुगेपछि अस्पतालमा बैठक चलिरहेकाे र छलफल जारी रहेकाे बताइएकाे छ ।

शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान आइपुगेका थिए । उनीहरुलाई सबै कुराको व्यवस्था छ भनेर ल्याइएको हो तर अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भए । उनीहरुले रातभर केही खान पनि नदिइएको गुनासोसमेत गरेका छन् ।

कचनाकवल गाउँपालिकाबाट संक्रमितहरु ल्याएर आएको गाडीलाई प्रतिष्ठानको पार्किङ क्षेत्रमा राखिएको छ। अस्पतालको लार्पवाहीका कारण रातभर बाहिर बस्नुपर्ने अवस्था आएको उनीहरूकाे गुनासाे छ ।

सो अस्पतालमा यसअघि पनि झापाबाट २७ जनालाई ल्याइएको थियो । उनीहरुलाई पनि कोभिड अस्पतालमा नराखेर पेईङ वार्डमा राखिएको छ । अस्पतालले भने सामग्रीको अभाव देखाउँदै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »