भारतमा कोरोना संक्रमित ४ लाख नाघे, १३ हजार बढीको मृत्यु

काठमाडाैं । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको भारतमा मृतककाे संख्या पनि बढ्दाे क्रममा रहेकाे छ ।

अहिले भारतमा कुल सङ्क्रमित संख्या ४ लाख ११ हजार ७२७ पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । शनिबार मात्र एकै दिन त्यहाँ १५ हजार ९१५ नयाँ संक्रमित थपिएका छन् । याे भारतमा हालसम्मकै बढी दैनिक संक्रमित फेला परेकाे पहिलाेपल्ट हाे । शुक्रबार त्यहाँ १४ हजार ७२१ नयाँ संक्रमित थपिएका थिए ।

भारतमा काराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या पनि १३ हजार नाघेकाे छ । वर्डाेमिटर्सका अनुसार अहिलेसम्म भारतमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या १३ हजार २७७ पुगेकाे छ । पछिल्लो २४ घण्टाको अवधिमा (शनिबार) मात्र भारतमा ३०७ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार त्यहाँ ३६६ जनाकाे मृत्यु भएकाे थियाे ।

अहिले भारतमा १ लाख ७० हजारभन्दा मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी २ लाख २८ हजारभन्दा बढी मानिस चाहिँ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । शनिबार मात्र त्यहाँ १३ हजार ९७५ मानिस संक्रमणमुक्त भएकाे जनाइएकाे छ ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »