निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सोमबार विहान ८ बजे राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुन ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८.०० बजे चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ ।

ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेवामा खटिने चिकित्सक, नर्स अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानी कर्ता, सरसफाइ कर्मचारी, सुपर मार्केटका कर्मचारी एवं नेपाललाई यस विपतबाट जोगाउन कार्यरत सबैको सम्मानमा घरबाटै राष्ट्रिय गान गुञ्जाउन र बजाउन गरेको अनुरोधलाई समर्थन गर्दै सो आग्रह गर्नुभएको हो ।

अभियानले राष्ट्रिय धुनपछि एक्यवद्धता स्वरुप ताली बजाएर सम्मान गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले आफ्नो ट्वीर मार्फत भन्नुभएको छ, ‘मलाई यो कार्यक्रम राम्रो लाग्यो यस कार्यक्रममा सामेल हुन सबैलाई अग्रह गर्छु ।’ सो अभियान आफ्नै घरको कौशी, बरण्डा र झ्यालमा बसेर गर्न समेत ग्लोबल कम्प्याक्ट नेपालले आग्रह गरेको छ ।”

प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »