सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाले थप ११ जनाको मृत्यु, ज्यान गुमाउनेको कुल संख्या १७५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो ।

दुई महिला र ९ पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । बुधबार मृत्यु हनेमा मोरङकी ४६ र भक्तपुरकी ५३ वर्षीया महिला र अन्य ९ पुरुष छन् ।

मृतक पुरुषमा कैलालीका ४५ र ५० वर्षीय दुई, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन, बाराका ४१ र ४६ वर्षीय दुई, बाँकेका ३७ एक, काठमाडौंका ५१ वर्षीय एक पुरुष गरेर ११ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । योसँगै कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »