सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डा.केसीको स्वास्थ्य अवस्था खस्कँदो, आइसियूमा बस्न इन्कार

काठमाडाैं। २४ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ ।

डा केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दो छ। उनलाई बेलाबेला अक्सिजन दिइएको छ।

उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको रक्तचाप घटेर ७०/५० पुगेको छ ।

यस्तै , उनमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या देखिएको छ ।

डा सुभाष आचार्य नेतृत्वको चिकित्सक टोलीले केसीको स्वास्थ्य अवस्थाबारे परीक्षण गरिरहेका छन्।

उनलाई आइसियूमा राख्न चिकित्सकले सुझाव दिए पनि उनले अस्वीकार गर्दै आएका छन्। उनलाई नर्मल स्लाइन पानी दिइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »