सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नवरात्रिमा घुइँचाे हुने उपत्यकाका शक्तिपीठ सुनसान

काठमाडौँ। नेपालीको महान् चाड बडादशैँकाे नवरात्रि सुरू भइसकेकाे छ । विगतमा सधैँ नवरात्रिभर काठमाडाैँ उपत्यका लगायतका प्रमुख शक्तिपीठहरूमा घुइँचाे हुन्थ्याे

। तर यस वर्ष भने काेराेना संक्रमणकाे जाेखिमका कारण देशभरका शक्तिपीठहरू नित्यपूजाबाहेक सर्वसाधारण भक्तजनको दर्शनका लागि खुला गरिएको छैन ।

काठमाडौँ उपत्यकालगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्यपूजा एवं आरती मात्र गरेर नवरात्रि मनाइने भएकाे छ । जहाँ भक्तजनहरूलाई भने प्रवेश गर्न दिइएको छैन ।

उपत्यकाभित्रका शक्तिपीठहरूमा पुजारीबाट हुने नित्य पूजा आराधना गरी मन्दिर सर्वसाधारणका लागि नखोलिएको बताइए पनि भक्तजनहरुले बाहिरैबाट दर्शन गरेर फर्किएका छन् ।

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगायत प्रसिद्ध शक्तिपीठहरु अघिल्ला वर्षका दशैँमा भन्दा यसपटक सुनसान देखिएका हुन्

भर्खरै

सम्बन्धित खबर

Language »