सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं समाजसेवी दामोदर आचार्यलाई मातृशोक


नेपालगन्ज , नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, महासंघका पूर्व केन्द्रीय सदस्य, राजनीतिज्ञ एवं समाजसेवी दामोदर आचार्यलाई मातृशोक परेको छ ।


आचार्यकी आमा लक्ष्मी देवी आचार्य को ९१ बर्षको उमेरमा हिजो शुक्रवार राती प्यूठानमा निधन भएको छ । आमाको निधन पछि आचार्य लगायतका परिवार प्युठान पुगेका छन् ।


स्वर्गीय लक्ष्मी देवी आचार्यको असामायिक निधन प्रति नेपालगन्ज उद्योग वाणिज्य संघ स्तब्ध एवं मर्माहत भएको छ ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले शोक वक्तत्व जारी गरी यस दुःखद घडीमा मृत आत्माको चिरशान्तीको कामना गर्दै मृतक प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।


साथै शोकाकुल परिवारजनमा गहिरो दुःख एवं समवेदना प्रकट गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »