सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा एक महिलाको मृत्यु, कोरोनाले मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । कोरोना संक्रमणले थप एकको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोनाले थप एक जनाको ज्यान गएको छ।

देवकोटाका अनुसार बाँके बैजनाथ गाउँपालिका-६ कि ४६ वर्षीया महिलाको ज्यान गएको हो। नेपालगजञ्ज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मृगौ‌ला समस्याका कारण भर्ना भएकी थिइन्। कोरोना परिक्षणका क्रममा उनको कोरोना रिपोर्ट पोजिटिभ देखिएको देवकोटाले बताए।

त्यस्तै बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक, चितवनका एक, अर्घाखाँचीका एक, विरगञ्जका एक तथा पर्साका एक, गुल्मीका एक र यो बाँकेका एक गरी २० जनाको मृत्यु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »