सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साउदीमा ७ महिनादेखि २ सय नेपाली अलपत्र

काठमाडौँ । पछिल्लो केही दिनयता साउदी अरबमा नेपाली श्रमिकहरू अलपत्र पर्ने क्रम बढेको छ ।

कोरोना भाइरस संक्रमणका कारणले नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लागेको र कोरोना लगायत अन्य कारणले रोजगारी गुमाएर लामो समयसम्म कोठामा बस्नु परेकोले धेरै नेपाली अलपत्र पर्न थालेका छन् ।

साउदी अरबको रियादमा थप २ सय नेपाली कामदार अलपत्र परेका छन् । रियादस्थित अल मवारिद सप्लाई कम्पनीमा कार्यरत नेपालीहरूले आफूहरू समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन् ।

उनीहरूका अनुसार यी श्रमिकहरू ७ महिनादेखि कोठामा बसेका छन् । कतिपयको भिसाको म्याद सकिएर ‘एक्जिट भिसा’ लागेको पनि २ महिना भइसकेको छ ।

यस्तो अवस्थामा कम्पनीले घर पठाउनमा बेवास्ता गरेको उनीहरूको गुनासो छ । पर्याप्त हवाई उडान नहुँदा आफैँ टिकट काटेर फर्किन चाहनेहरू पनि अलपत्र छन् ।

साउदी अरबको रियादस्थित उक्त कम्पनीमा काम गर्ने नेपालीहरूले आफूहरूको उद्धारमा नेपाली दूतावासले पनि आवश्यक सहयोग नगरेको आरोप लगाएका छन्। कति नेपाली श्रमिककले ७ महिनादेखि तलब पाएका छैनन् ।

भर्खरै

सम्बन्धित खबर

Language »