सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२६ जना कोरोना संक्रमितहरुमा २० जना उपचार पछि ‘डिस्चार्ज’

काठमाडाैँ। काभ्रे जिल्लाका २६ जना कोरोना संक्रमितहरुमा २० जना उपचार पछि ‘डिस्चार्ज’ भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमितहरु ‘डिस्चार्ज’ भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका हुन् ।

संक्रमित भएका ६ जना भने आइसोलेसनमा रहेर उपचार गराइरहेको डा. झाले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा १ सय १४ जना पुरुष र २५ जना महिला गरि १ सय ३९ जना रहेको उनले बताए ।

त्यसैगरि हालसम्ममा पुरुष ७ सय १२ र महिला १ सय ५० गगरि ८ सय ६२ जना क्वारेन्टाइनमा बसीसकेका छन् । तेस्रो मुलुकबाट आएका संख्या भने हालसम्ममा २ सय ३९ जना रहेको डा. झाले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »