सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेतालाई कोरोना पुष्टि

काठमाडौँ । नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी तथा ओलम्पियन जितबहादुर केसी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

केसीका छोरा मदनकुमार केसीले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

म्याराथन धावक जितबहादुुरले १९७३ मा फिलिपिन्समा भएको एशियाली ट्रयाक एन्ड फिल्ड इन्भेन्टस्मा स्वर्ण जितेका थिए ।

नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको यो पहिलो पदक हो । उनले १९७२ मा म्युनिख ओलम्पिकमा समेत सहभागिता जनाएका थिए ।

खेलाडी जीवनबाट सन्यास लिएपछि उनले लामो समय प्रशिक्षणमा बिताए । कोरोना महामारी सुरु हुनअघिसम्म पनि उनी खेलकुदमा सक्रिय नै थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »