सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भाषा र संस्कृतिको नाममा उश्रृंखलता : नियमन गर्ने निकाय खै ?

काठमाडौँ ।भाषा, धर्म र सस्कृतिको संरक्षण अनि पहिचानका लागि भनेर वागमती प्रदेश सरकारले हालै मात्रै तामाङ भाषा र नेवा भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न पाउने अधिकार दिएको छ ।

यसरी अधिकार प्राप्त गर्दै गर्दा तामाङ सस्कृति, भाषा र धर्म कता तिर जाँदै छ भन्ने प्रश्न उठाउन आवश्यक छ ।

पछिल्लो समय गीत, संगीत तथा भिडियो (कला) मार्फत आफ्नो संस्कार र संस्कृति जोगाउने अभियानहरु सञ्चालन भई रहँदा त्यतिकै मात्रामा उश्रृंखलता कार्यहरुको प्रदर्शन बढ्दो क्रम पाएको छ ।

गायक सुरेश लामा र गायिका निर्मला घिसिंगको आवाज, (गायिका घिसिङ जनवादी कलाकार पनि हुन् ) आरम्भ तामाङ, रोहोनी लामा र सुब्बा लामाको अभिनयसहित नयाँ सेलो गीत “जिऊ लाग्ने” म्युजिक भिडियोमा केहि गलर्त तथा दोहोरो अर्थ लाग्ने दृष्य राखेको भन्दै सामाजिक संजालमा चर्चा हुन थालेको छ ।

भिडियोमा देखाईएको दृष्यले दोहोरो तथा गलत अर्थ लाग्ने भन्दै सामाजिक संजालमा टिका टिप्पणी हुन थालेकोमा अहिले सम्म तामाङ समुदायको लागि महत्वपुर्ण कार्य तथा अभियानहरु चलाउँदै आएका नेपाल तामाङ पत्रकार संघ, नेपाल तामाङ घेदुङ ,नेपाल राष्ट्रिय तामाङ घेदुङ, नेपाल तामाङ कलाकार संघ ,तामाङ चलचित्र संघ नेपाल लगायतका संघ संस्थाहरुले कुनै पनि प्रतिकृया जनाउन सकेका छैनन् ।

दैनिक रुपमा बजारमा यसरी उश्रृंखल गीतहरु आई रहेका हुन्छन् तर यस्ता म्युजिक भिडियोहरुको बारेमा खबरदारी कसले गर्ने ? भन्ने प्रश्न गंभिर रुपमा उठेको छ ।

लामो समय तामाङ समुदायको बारेमा कलम र क्यामेरा चलाउँदै आएका ,हाल अमेरिका बसोबास गर्ने तामाङ पत्रकार संघका निवर्तमान केन्द्रिय सदस्य मिलन लामा दोङ ले बेलावखत यस्ता उश्रृंखल भिडियोहरुको बिरुद्ध समाचार संप्रेशण गर्दा धम्की समेत आउने गरेको बताउनु भयो ।

लामा भन्छन् “गीतको भिडियोमा राखिएको दृश्यले के भन्न खोजेको हो भन्ने दर्शकहरुले आफैं थाहा पाउने छन् । भ्युजका लागि यस्तो दृश्य राखेर तामाङ समुदायको सस्कृति माथि प्रहार गर्न खोजेको प्रष्ट हुन्छ ।”

भर्खरै

सम्बन्धित खबर

Language »