सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज ६ जना थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुग्यो

काठमाडौं। आज थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिला र पाँच पुरुषको मृत्यु पुष्टि गरेको हो ।

मृत्यु हुनेहरुमा पाँच जना वृद्धवृद्धा छन् । एकजना ५४ वर्षीय पुरुष छन् । आज मृत्यु भएकाहरुमा काठमाडौंका दुईजना पनि छन् ।

यसैगरी, आजसमेत कुल मृतक संख्या ३ सय ६ पुगेको छ । जसमध्ये २ सय २२ पुरुष र ८४ महिला छन् ।

यस्तै,पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यो सहित संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »