सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिलक बस्नेतको “ पिर नगर निरमाया ” बोलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौं । मायाप्रेमको शव्दलाई संस्कार र प्रकृति संग संयोजन गरिएको तिलक बस्नेतको “ पिर नगर निरमाया ” बोलको गीत सार्वजानिक भएको छ ।

तिलक बस्नेत अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको यो गीतको भिडियो मुस्ताङमा छायांकन गरिएको हो । गायक तिलक बस्नेत र गायीका मेलिना राईको आवाजमा रहेको यो गितमा शव्दहरु माया पिरतिमा आधारित भए पनि कथालाई भने संस्कार र प्रकृति संग जोडेर मनोरन्जन दिन खोजिएको छ ।

ज्ञानेन्द्र क्षेत्रीको शब्द तिलक बस्नेतको संगीत रहेको यो गीतमा सुदिप सागरको एरेन्ज,कमल थापा र गोविन्द अनेकको रेकर्ड, श्याम श्वेत रसाईली र किरण बिकको मिक्सिङ रहेको छ भने प्रिज्म स्टुडीयोमा रेकर्ड गरिएको हो ।

क्रिस गुरुङ, निशा मगर र कुङ्गा गुरुङको अभिनय रहेको भिडियोको निर्देशन विशाल घिमिरेले गरेका हुन् । शन्देस बिकको नृत्य र बुद्ध थापाको टिमले छायांकन गरेको भिडियो मिलन बिश्वकर्माले सम्पादन र कलरिङ गरेका हुन् ।

आउट लुक्स् पोस्टर डिजाईन शन्तोस चौहानले गरेको भिडियो निर्माणमा श्रृंगार सरिता मगरले गरेकी हुन् ।

यो गितको भिडियोमा मुस्ताङको मनमोहक दृष्य र संस्कारको बारेमा हेर्न सकिने छ ।

दर्जनौ सुपरहिट गीतहरु गाएका गायक तिकल बस्नेतले दर्शक श्रोताहरुलाई हरेक पटक नयाँ नयाँ सांगीतिक स्वादहरु चखाउँदै आएका छन् ।

यो भिडियो हेर्नुस्

भर्खरै

सम्बन्धित खबर

Language »