सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उदयपुरमा स्कारपियो दुर्घटना : ५ जनाको मृत्यु, ३ जना घाइते

उदयपुर। उदयपुरको कटारीमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षीय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षीय कर्ण सार्की रहेका छन् भने अन्यको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएकाहरुको कटारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । स्कोर्पियो सिद्धिचरण राजमार्गबाट करिब ९ सय मिटर तल खसेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »