सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा प्रथम मेयर कप खेलकुद सुरु

नेपालगञ्ज,राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौंट तथा माध्यामिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता–२०७६ सोमबारदेखि सुरु भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा मंगलप्रसाद माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ३९ विद्यालयका एकहजार २९५ विद्यार्थीको सहभागिता रहेको छ ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगरले सोमबार प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै संयोजक श्रीवास्तवले खेलकुदको विकासका लागि विद्यालयतहदेखि नै जोड दिनुपर्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख राणाले उपमहानगरपालिकाले खेलकुदको विकासका लागि प्राथमिकता दिएको बताउनुभयो ।

उपप्रमुख मगरले योग्य खेलाडी उत्पादनका लागि यसखालका प्रतियोगिता सहयोगी हुने बिश्वास ब्यक्त गर्नुभयो ।

आगामी वर्षदेखि प्रतियोगितालाई भव्य बनाउन अहिलेदेखि नै योजना बनाएर लाग्नेछौं, उपप्रमुख मगरले भन्नुभयो,– खेलकुदको विकासका लागि यसखालका प्रतियोगिता नियमित हुन आवश्यक छ ।

उद्घाटनमा सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए । नेपालगञ्ज उप–महानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार बुधबार सम्म संचालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिवल र कबड्डी खेलमा प्रतिष्पर्धा हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »