सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा प्रचण्ड–नेपाल समूहको ‘शक्ति प्रदर्शन’

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेपाल-प्रचण्ड समूहले आज मंगलबार देशव्यापी शक्ति प्रदर्शन अन्तरगत नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ ।


संसद विघटनको विरोधमा मंगलबार नेपालगन्जमा शक्ति प्रदर्शन सहितको बिरोध र्यालि गरीएको हो ।

जिल्लाका बिभिन्न स्थानबाट नेपालगन्ज केन्द्रित भएका नेकपाका नेता कार्यकर्ताहरु सहित स्थानीय पुस्पलाल चोकबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै त्रिभुवन चोकमा पुगेर सभामा परिणत भएको थियो ।


सभामा नेकपाका केन्द्रिय सदस्य तथा साँसद महेश्वर गहतराज अथक, पुर्व राज्यमन्त्री दलबहादुर सुनार, नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, सचिव अशोक कोईराला लगाएत नेताहरुले प्रधानमन्त्रीको संविधान विपरित तानाशाही प्रवृत्तिको बिरोधका लागि सडकमा आउनुपरेको बताउनुभयो ।


प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, लगायतका नारा लगाएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »