सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिन्ता र गुनासो सहित सरसफाई अभियान जारी

काठमाडौं

                                                             लामो समय देखी लगातार संचालन भई रहेको सरसफाई अभियान बाट सोचे जती परिवर्तन हुन नसके पछी नियमित रुपमा लाग्ने अभियान्ताहरुमा चिन्ता र गुनासो बढ्न थालेको छ ।देशै भरी थुप्रै अभियान हरु संचालन भएका छन । सर्वजानिक स्थान मा फोहोर गर्ने लाई कार्वाही गर्न सक्ने धेरै प्राबधान भए  पनि संबन्धित निकाय ले ध्यान नदिएको मा उनिहरु को गुनासो छ ।

फोहर ब्यबस्थापन ऐन २०६८, नियमावली २०७१, नेपाल्को संबिधान २०७२ , स्थानिय सरकार संचालन ऐन २०७४ तथा संबन्धित नगरपालिका  को कार्यबिधी मा यसरि फोहोर गर्नेलाई  तीन महिना सम्म जेल र १ लाख सम्म जरिवाना गर्न सकिने ब्यबस्था  हुँदाहुँदै पनि यसरि सर्वजानिक स्थान को फोहोर नघट्नुले सो क्षेत्र मा कार्यारत फोहर ब्यबस्थापन कम्पनी  को नियत माथी  पनि शंका गर्न थालिएको छ ।

ससफाई अभियान्ता लोक बहादुर टण्डन को नेतृत्व मा शुरु भएर नियमित चलिरहेको चक्रपथ सरसफाई महा अभियान ले नयाँ बसपार्क आकाशे पुल र बिष्णुमती पुल आसपास सरसफाई गरी कार्यक्रम संपन्न गरेक छ ।

कार्यक्रम मा संयोजक लोक बहादुर टन्डन ,नियमित अभियान्ता हरु गायक तिलक बस्नेत ,लीला खनाल ,जिवन बडाल ,माया कुवर ,मिना चन्द ठकुरी ,जित बहादुर हमाल, पुण्य रत्न बज्राचार्य ,सुन्दर खनाल, रामेस्वर पौडेल्,हिमालय वातावरण संरक्षण प्रा लिका अध्यक्ष भुपाल आचार्य, मेट्रो वेस्ट कि शर्मिला पौडेल्,तथा अभियान्ता डिबी पराजुली लगायत ग्रीन सिटी हस्पिटल का कर्मचारी हरु र स्थानिय ब्यपारी हरुको उल्लेख्य उपस्थिती रहेको  थियो ।फोहोर ब्यबस्थापन को लागी काठ्माण्डौ महानगरपालिका ले गाडी को ब्यबस्था गरेको थियो ।

देश कै सबैभन्दा लामो र ठूलो स्वयंसेवी अभियान वाग्मती सफाइ महाअभियानको ३९९ औं शृङ्खला तिनकुने वाग्मतीपुलमा प्रमुख अभियेन्ता नेपाल सरकारको पुर्व मुख्यसचिव लीलामणि पौडेल , काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभाग टेकुका प्रमुख हरि कुमार श्रेष्ठ , नेपाल प्रहरी , सशस्त्र प्रहरीबल , विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु , एस ट्राभल्स , वाग्मती फोहर उन्मुलन उपभोक्ता मन्च , आलोकनगर समुदाय , अधिकार सम्पन्न वाग्मती समितीका कर्मचारीहरु , उपत्यका खानेपानी लिमिटेड र वाग्मती अभियेन्ताहरु द्वारा १० मे टन फोहर व्यवस्थापन गरी संपन्न भएको थियो ।  

काठमाडौं महानगर पालिका वातावरण व्यवस्था विभाग , अधिकार सप्पन्न वाग्मती समिती र वाग्मती अभियेन्ता द्वारा फोहर गर्ने लाई दण्ड जरिवाना स्वरुप ३५००.०० रुपियाँ जरिवाना गराइएको थियो ।  साथै आलोकनगर वाग्मती नदि किनारमा विहान बेलुका व्यायाम गर्न व्यायाम पार्कको निर्माण भएको छ ।

मनोहरा नदी सरसफाई अभियान को १९८औं हप्ताको सरसफाई अभियान , आज तरकारी बजार जडिबुटी मा  सरसफाई अभियान फोहर व्यवस्थापन गरी संपन्न भएको थियो ।  

गोदावरी खोला क्षेत्र सरसफाइ अभियान ९६ हप्ताको कार्यक्रम जना चेतना तथा त्यस क्षेत्र को फोहोर ब्यबस्थापन गरी संपन्न भएको थियो ।

विष्णुमती सरसफाइ अभियान ३२८ औं हप्ताको कार्यक्रम बिष्णुमती खोला कि नार को तीन ठाँउ मा सरसफाई गरी संपन्न भएको थियो । तार्केस्वर मा षेशमती देखी सुन्दर बस्ती सम्म , काठ्माण्डौ १७ को खुशीबु नयाँअपुल आसपास तथा बिष्णुमती र लुडेखोला को दोभान पासिकोट मा सरसफाई गरी कार्यक्रम संपन्न भएको थियो ।

बागमती सफाई अभियान को एउटा खण्ड तिलगंगा सफाईअभियान को २८०औ साताको सफाई कार्यक्रम सम्पन्न भएको छ।

नेप्सेम्याक सेवा प्राली स्वयंभु को आयोजना मा नागार्जुन ६ डाँडा पौवामा सरसफाई अभियान संपन्न भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »