सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रकाश पौडेलको “ राँको बालि बालि ” बोलको रोईला गितको भिडियो छायांकन सम्पन्न

काठमाडौं । युवा ब्यवसायी तथा समाजसेवी प्रकाश पौडेल र गायीका राधिका हमालको आवाजमा रहेको “राँको बालि बालि ,म त आएँ रोधिमा मायालुको खोजिमा ”बोलको रोईला गीतको भिडियो छायांकन कार्य सम्पन्न भएको छ ।
काठमाडौं को चिसापानिमा हास्य कलाकार उत्तम कोदेले सन्चालन गरेको सुटिङ घरमा भिडियोको छायांकन कार्य सम्पन्न गरिएको हो
भिडियो छायांकनमा नृत्य निर्देशक सुरेश पाण्डे तथा क्यामेरामा रामेश्वर हुमागाईको टिमले कार्य गरेको छ भने निर्देशन मिलन आले मगरको रहेको छ त्यस्तै श्रृंगारमा रवि के.सी र ब्यवस्थापनमा डि.बि.पराजुली रहेका थिए ।
धनेश्वर फिल्मस्को ब्यानरमा बनेको यो भिडियो धनेश्वर फिल्मस्कै अफिसियल युट्युब च्यानलबाट केहि दिनमा सार्वजानिक गरिने भएको छ ।
भिडियोमा मुख्य भुमिकामा बिष्णु श्रेष्ठ र शुस्मा धमला देखिएका छन् भने सरोज वली , सिर्जना गजमेर , हरिशरण थपलिया , दुर्गा ओझा न्यौपाने, रुम्बा सोल्टी लगायतको अभिनय रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »