सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाहाल वाला मन्त्रीलाई श्रद्धाञ्जली दिने सरल सहयात्री को हुन् ?

काठमाडौं । जन-सांस्कृतिक महासंघ (प्रचण्ड-नेपाल समूह) को केन्द्रीय संयोजक सरल सहयात्रीले मन्त्री दावा तामाङलाई सार्वजनिक कार्यक्रममा श्रद्धाञ्जली दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माधव- प्रचण्ड) समुहको सिन्धुपाल्चोक जुगल गाउँपालिकामा भएको कार्यकर्ता भेलामा सरल सहयात्रीले खेलकुद मन्त्री दावा तामाङलाई श्रद्धाञ्जली दिएको मनतव्य यत्तिबेला सामाजिक संजालमा भाईरल भैईरहेको छ ।

आधिकारीकरुपमा पार्टी फुटको घोषणा गर्न निर्वाचन आयोगको निर्णय पर्खिरहेका माधव–प्रचण्ड समुहले गाउँ तह सम्मका आफ्ना नेता कार्यकतालाई ओली समुह विरुद्घ व्यापकरुपमा उत्रन प्रशिक्षण र भेलाहरु गरिरहेका छन् । सो अवसरमा नै नेकपा बागमी प्रदेशको सचिवालय सदस्य समेट रहेका सरल सहयात्रीले बाहलवाला यूवा तथा खेलकुद मन्त्री दावा तामाङलाई सार्वजनिक रुपमा नै यसरी श्रद्धाञ्जली दिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा संघीय संसद विघटन भएपछि नेकपा भित्र मच्चिएको खैलाबैला यत्ति बेला छरपस्ट हुन थालेको छ यसरी गुटबन्दीको राजनीतिमा मन्त्रीलाई नै श्रद्धाञ्जली दिने कार्य भने पहिलो चोट्टि नै हो भन्दा फरक पर्दैन तर सरल सहयात्री मन्त्री दावा तामाङको जनयुद्ध बेलाको राजनीतिक सहकर्मी हुन् ।

सरल सहयात्री २०७० सालमा भएको संविधान सभा सिन्धुपाल्चोक क्षेत्र नं।१ बाट पराजित पूर्व माअाेवादीका उम्मेदवार पनि हुन् ।

२०५८ सालमा सरकार र माओवादी बीच भएको वार्तामा अग्नि सापकोटाको व्यक्तिगत अंगरक्षकको रुपमा सार्वजनिक भएका सरल सहयात्री सापकोटा परिवारकै राजनीतिक आडमा अगाडि बढी रहेका छन् ।

कार्यक्रममा सरल सहयात्रीले यसरी बाहलवाला मन्त्रीलाई सार्वजनिकरुपमै श्रद्घञ्जली भनेपछि सामाजिक संजालमा विभिन्न टिकाटिप्णी हुन थालेका छन् । सार्वजनिक कार्यक्रममा मन्त्री जस्तो गरिमामय पदमा बाहल व्यक्तिलाई गालीगलोज गर्नु सार्वजनिक अपराध हुने केही कानुन व्यवसायीहरुले तर्क गरेका छन् । गाली गलोज गर्ने “सहयात्री”लाई व्यक्तिगतरुपमा मानहानी मन्त्रीको पदको रुपमा अपहेलना र साइबर अपराध समेत लाग्न सक्ने जानकारहरु बताउछन्

भिडियोको लागि यहाँ क्लिक गर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »