सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पन्चसिल क्लब नेपालगन्जद्वारा फुड बैंक सञ्चालन

नेपालगन्ज, कोभिड–१९ कोरोना भाईरसको विषम परिस्थितिबाट गुज्रिरहेको नेपालगन्जमा फुड बैंक सञ्चालन गरिएको छ ।
लायन्स क्लब अफ पन्चसिल नेपालगन्जद्वारा सञ्चालन गरिएको फुड बैंकद्वारा नेपालगन्ज भित्र रहेका गरिब, मजदुर, विपन्न वर्गहरुका लागि चामल, दाल, नून, आलु र खाने तेल उपलब्ध गराउने पन्चसिलका अध्यक्ष भावना सापकोटाले बताउनु भयो ।


नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाद्वारा बागेश्वरी मन्दिर भित्र रहेको बौद्ध बिहारमा विधिवत उद्घाटन गरि आजबाट फुड बैंकको सञ्चालन गरिएको पन्चसिल क्लबका उपाध्यक्ष कृष्णादेवी पाण्डेयले बताउनुभयो ।


फुड बैंक उद्घाटन कार्यक्रममा बौद्ध बिहारका गुरुआमा यसोधरा, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिलसिंह हमाल, पन्चसिलका सदस्य रमेश कुमाल, दैनिक नेपालगन्जका झलक गैरे, सत्यमखबरका चन्द्रेश्वरराज त्रिपाठी लगायतको सहभागितामा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।


यो सँगै नेपालगन्जमा दुईवटा फुड बैंक सञ्चालनमा आएका छन् । अर्को फुड बैंक मानव सेवा धर्म समितिमा शिवसेना नेपालका अध्यक्ष राज कुमार रौनियारको संयोजकत्वमा सञ्चालन रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »