सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा पुर्ब सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सुरुक्षाकर्मीलाई दिए स्वास्थ्य सामाग्री

नेपालगन्ज, बिघटित संबिधानसभाका सदस्य मोहम्मद इस्तियाक राईले फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीहरुको लागि स्वस्थ्य सामाग्री सहयोग गर्नुभएको छ । पुर्ब सहरी विकास मन्त्री समेत रहनु भएका राईले कोभिड नियन्त्रण र रोकथाममा खटिएका सुरक्षाकर्मिलाई आज एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालयको परिसरमा स्वस्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।


पुर्ब सहरी विकास मन्त्री राईले दिएको सो सामाग्री जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले ग्रहण गर्नु भयो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै एसपी रानाले राईलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

एसपी रानाले स्वास्थ्य सामाग्रीले सुरुक्षाकर्मीलाई कोभिडबाट जोगिन सहज हुने बिश्वास व्यक्त गर्नु भयो । एसपी रानाले भन्नुभयो- `यसरी सबैले साथ र सहयोग दिए भने प्रहरीलाई हौसला मिल्ने छ ।´

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटि सदस्य माजिद अलि र विद्यार्थी अध्यक्ष फैज हैदरले स्वस्थ्य सामाग्री रानालाई हस्तान्तरण गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयलाई सर्जिकल मास्क ४ हजार र १० लिटर सेनिटाइजर त्यतै वडा प्रहरी कार्यालयलाई १ हजार सर्जिकल मास्क र ५ लिटर सेनिटाइजर सहयोग गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा )का जिल्ला अध्यक्ष कमरुद्दिन राईले जानकारी दिनुभयो ।

पहिलो लहरमा पनि पुर्ब सहरी विकास मन्त्री राई ठूलो परिमाणमा स्वस्थ्य सामाग्री र राहत वितरण गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »