नेपालगन्ज , नेपालगञ्ज मुस्लिम समाजले निशुल्क मास्क वितरण सुरु गरेको छ । नेपालगञ्ज मुस्लिम समाजले बिहिबार देखि स्वास्थ सामाग्री वितरण वितरण सुरु गरेको हो ।




कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला बाँकेमा पनि यसको त्रास देखिएकोले नेपाालगञ्जको बाटोमा आवत जावत गर्ने व्यक्तिहरुलाई माक्स बितरण गर्न सुरु गरिएको समाजका सचिव मेराज अहमद हल्वाई हिमालयले जानकारी दिए । एतिहासिक शहर नेपालगंजको एतिहासिक धम्बोझी चोकमा एक कार्यक्रमको आयोजना गरिे ३ हजार माक्स बितरण गरेको हो ।

नेपालगन्ज मुस्लिम समाज बाँकेका अध्यक्ष हकीम हल्वाई, नेपालगन्ज मुस्लिम समाज बाँकेका बरिस्ठ उपअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना ) नेपालगन्ज मुस्लिम समाज बाँकेकाका सचीव मेराज हिमालय फिरोज वारशी ज्याउलहक हल्वाई बाबुनेता गुड्डू सिद्दीकीको सहभागितामा बटुवाहरूलाई निशुल्क मास्क वितरण गरिएको छ ।

साथै नेपाल प्रहरीका ड्यूटीमा रहेका प्रहरी हरूमा खाजा र पानी बोतल वितरण समेत गरिएको थियो ।नेपालगन्ज मुस्लिम समाज बाँकेले निरन्तर राहत स्वरुप खाद्यान समेत वितरण गरिरहेको छ ।

हाल सम्म सात सय बोरी राहत खाद्यान्न वितरण गरिसकेको समाजले गरिबहरुलाई खाद्यान्न बितरण पछि मास्क बितरण सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपि ओम बहादुर रानाको उपस्थितिमा समाजले बाटोमा आवत जावत गर्ने व्यक्तिहरुलाई मास्क बितरण गर्नुका साथै कोरोनाबाट सुरक्षित रहन सुझाव दिएका छन् ।

चौथो चरणको राहत खाद्यान्न आज र भोली बितरण गरिने नेपालगन्ज मुस्लिम समाज बाँकेकाका सचिव मेराज हिमालयले जानकारी दिए । नेपालगंज मुस्लिम समाज बाँकेका बरिस्ठ उपअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना )ले सामाजिक दायित्व तथा मानवीय धर्म निर्वाह गर्नु भएको छ , बरिस्ठ उपअध्यक्ष (मुन्ना )ले समेत बताउनुभएको छ ।








