सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवधी पत्रकार संघ नेपाल बाँके शाखाद्वारा भवन निर्माण स्थल र शिव पार्वती मन्दिर प्राङ्गणमा बृक्षारोपण

नेपालगन्ज, कोभिड–१९ कोरोना भाईरसको विषम् परिस्थितिमा बाँकेबासीहरुले देखेको अक्सिजन अभावलाई ध्यानमा राखी विश्व वातावरण दिवसको अवसर पारी अवधी पत्रकार संघ नेपाल जिल्ला शाखाद्वारा अवधी पत्रकार भवन निर्माण स्थल र शिव पार्वती मन्दिर प्राङ्गणमा बृक्षारोपण गरिएको छ ।


अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बाँके, परिवर्तन फाउण्डेशन नेपाल, मानव अधिकार शान्ति समाज बाँके, हिन्दु स्वयं सेवक संघको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले जानकारी गराउनुभयो ।

अवधी पत्रकार संघ नेपाल र शिव पार्वती मन्दिर संरक्षक एवम् समाजसेवी माधवराम बर्माको प्रमुख आतिथ्यमा सम्पन्न बृक्षारोपण कार्यक्रममा परिवर्तन फाउण्डेशन नेपाल बाँके अध्यक्ष कृष्णदेवी पाण्डेय, मानव अधिकार शान्ति समाज बाँकेका उपाध्यक्ष प्रेम शर्मा, हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय शारीरिक प्रमुख बिकुल दाहाल, अवधी भाषी पत्रकार भिष्म लोध, सन्तोष गुप्ता लगायतको उपस्थिति रहेको थियो ।


उक्त बृक्षारोपण कार्यक्रमको सम्पूर्ण तयारी परिवर्तन फाउण्डेशन नेपाल बाँकेका अध्यक्ष पाण्डेयले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »