सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सगरमाथा सिमेन्ट अब २५ किलोकोे हाफप्याकमा

नेपालगन्ज, विगतदशवर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादनगर्दै आईरहेको घोरहीसिमेन्ट इन्डष्ट्रीले उपभोत्ताको माग र सहजआपुर्तिलाई मध्यनजर गर्दै सगरमा थासिमेन्टको ओ.पि.सी सिमेन्टमा २५ केजिको हाफ प्याकबजारमा ल्याएको छ ।

घोराही सिमेन्ट इन्डष्ड्री नेपालको सिमेन्ट उद्योगमा अग्रणी उत्पादक भएको र यसका उत्पादनहरुका गुणस्तरतामा आफ्नो स्थान अन्य सिमेन्टहरु भन्दा अलगै दजार्मा कायम राख्दै आएको छ ।


हालसालै कम्पनिले नेपालमै पहिलो पटक सिमेन्ट इन्डष्ट्रीमा अन्तराष्ट्रिय ख्यातिप्राप्त संस्था (NABL (National Accreditation Board for Testing and Calibration Laboratories)बाट ल्याब सञ्चालनमा आधिकारीकता समेत प्राप्त गरेको छ । जसकाकारण यस उद्योगले उत्पादनगर्ने यस २५ केजीको हाफप्याकमा समेत अन्तराष्ट्रिय स्तरको गुणस्तरता कायम राख्न कम्पनी सफलभएको छ ।


यस २५ केजीको हाफप्याक बोरा वितरण प्रणालीमा सहज हुने र स–सानासिमेन्ट संगजोडिएका निमार्णका कार्यहरु गर्न सजिलो हुने भएकाले यो हाफप्याक सगरमाथा ओपिसी र सगरमाथा पिपिसी सिमेन्ट गोल्ड जस्तै बजारमा धेरै लोकप्रिय हुने कुरामा कम्पनी पूर्ण विश्वस्त रहेको छ । नेपालको भौगोलिक अवस्थाका कारण विकास र निमार्णमा काममा आवश्यक सामाग्रीहरु सजिलै एक ठाँउबाट अर्काे ठाँउमा लाननिकै कठिन छ ।

विशेषत हिमाली क्षेत्रमा विकास निमार्णका कार्यहरु गर्दा निमार्ण सामाग्री ओसार पसारमै लागत तथा समयको बढि खर्च हुने भएकोले निमार्ण कार्य बढि खर्चिलो हुने गरेको छ । यसै कुरालाई मध्यनजर गर्दै घोराही सिमेन्ट इन्डष्ट्रीले सगरमाथा ब्राण्डका कम तौलका सिमेन्टका बोराहरु जसलाई ओसार पसार गर्न सहज, निमार्णमा समेत अनावश्यक खेर कम र निमार्ण समेत कम खर्चिलो होस् भन्ने हेतुले यो २५ केजीको हाफ प्याक सिमेन्ट बजारमा ल्याएको जानकारी कम्पनीले दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »