सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्ता माेहले मदेशी दल कहिले एक हुन सकेन

काठमाडौँ । सत्ताको कारणले मदेशी दलहरु कहिले एक हुन नसक्ने भयो । जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ । र १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

सोमबार नै जसपामा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच अधिकारिताको विवाद सल्टिएको थियो । निर्वाचन आयोगले आइतबार सुरु गरेको “हेड काउन्ट” मा उपेन्द्र यादव पक्षमा वहुमत देखिएको हो । यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । जवकि निर्वाचन आयोगले ५१ जनाको सनाखत गरेको थियो ।

साथै यादव समूहले आफ्नो पक्षमा अझै अरु नेताहरुले हस्ताक्षर गर्न बाँकी नै रहेकाले आफूहरुको पक्षमा वहुमत रहेको बताएका छन् । नेता उपेन्द्र यादवका अनुसार रेशम चौधरी यादव समूहकै पक्षमा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »