सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिके राउत नेतृत्वका विद्यार्थी संगठनले धनुषाको एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दले

काठमाण्डु – सिके राउत नेतृत्वका विद्यार्थी संगठनले धनुषाको सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेका छन् ।

शुक्रबार सिके राउतका विद्यार्थी नेताले फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापक बैजु साहलाई कालोमोसो दलेर जनकारवाही गरेका हुन् ।

विद्यालयमा आन्दोलनरत विद्यार्थीले प्रधानाध्यापक शाहलाई कालोमोसो दलेका हुन् । विभिन्न पाँच सुत्रीय माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने , शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनुपर्नेलगायतका माग राख्दै आन्दोलनरत थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »