सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा मधु र शिवकाे भिडन्त, तीर्थ लामाकाे सभापतिमा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेस काभ्रे जिल्लाको पार्टी अधिवेशनमा सभापति पदको लागि निर्वाचन हुने निश्चित भएको छ । बुधबार मंसिर १ गते तीर्थ लामाले सभापति पदको लागि प्यानल निर्माण गरी उम्मेदवार घोषणा गरेको छ ।

काभ्रे जिल्लामा नेपाली कांग्रेस पार्टीमा लामो समयसम्म शिव हुमागाँई र मधु आचार्यले आफ्नो पकडमा राख्न सफल भएको थियो । यो महाधिवेशनमा पनि नेता शिव हुमागाँई र मधु आयार्य बीच शक्ति सन्तुलनका लागि जोड घटाउको हिसाब किताब भएको थियो तर नेता तीर्थ लामाको राजनीतिक रणनीतिमा शिव हुमागाँई अगाडी बढ्ने घोषणा गरेको छ । बुधबार भएको उमेरदार घोषणा कार्यक्रममा अध्याधिक नेता कार्यकर्ताहरुको उपस्थितिमा नेता तीर्थ लामाको प्यानलले उम्मेदवारी घोषणा गरेको हो ।

कार्यक्रमको सभापति तथा नेता शिव हुमागाँईले काभ्रे जिल्लाको पार्टी महाधिवेशनको इतिहासमा यो पहिलो रहेको दावी गर्नु भयो । उहाँले सभापतिका लागि निर्वाचनमा गएता पनि पार्टी भित्र गुट उपगुट निर्माणको अवस्था सृजना हुन नदिने दाबी गरेका छन् । यसै गरी मधु आचार्यको प्यानलले विहिवार या शुक्रबार उमेरदारी घोषणा गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

काभ्रेको दुई वटा संघीय क्षेत्र नम्बरमा पनि तीर्थृ लामाको प्यानलले उम्मेदवार घोषणा गरेको छ ।

नेपाली काँग्रेस १४ औँ महाधिवेशन नेपाली काँग्रेस काभ्रेको उम्मेदवारी
जिल्ला सभापति : तिर्थ लामा
क्षेत्र नं १
सभापति : दिनेश लामा
सचिव : किशोर गिरि
सचिव : विद्या सागर लामा
सहसचिव : पदम ब लामा
सहसचिव : गणेश अधिकारी
प्रदेश सभा (क)
सभापति : राम योन्जन
उप सभापति : चन्द्रलाल दोङ
उपसभापति
सचिव : नवराज दहाल
सचिव : दावा फेन्चु लामा
सहसचिव : बसन्त तामाङ
सहसचिव : गोकुल भुर्तेल
प्रदेश सभा (ख)
सभापति : चन्द्र ब तामाङ
उपसभापति : सुदर्शन अधिकारी
उपसभापति : केशव बन्जरा
सचिव : रुपक महत
सचिव
सहसचिव : विनोद तिवारी
सहसचिव : राम ब घ्यावा
प्रतिनिधि सभा २
सभापति : सुन्दरमणि आचार्य
सचिव : राम जोशी
सचिव : आनन्द सापकोटा
सहसचिव
सहसचिव
प्रदेश सभा (क)
सभापति : हेम लामा
उपसभापति : जीवन खड्का
उपसभापति
सचिव : उध्दव प्र पौडेल
सचिव : दमन अधिकारी
सहसचिव : रमिला बानियाँ
सहसचिव : आशाकाजी श्रेष्ठ
प्रदेश सभा ( ख )
सभापति : भगवान अधिकारी
उपसभापति : तारामान लामा
उपसभापति : कुमुदा वैध्य
सचिव : गिता प्र दुलाल
सचिव : रामहरि दहाल
सहसचिव : हरि थापा
सहसचिव : दिपक लामिछाने

भर्खरै

सम्बन्धित खबर

Language »