सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘टुँडिखेलरी’ नायक कुमार माेक्तानकाे नयाँ प्रेमी

काठमाडौँ । वरिष्ठ संगीतकार तथा सेलो किङ चन्द्र कुमार दोङ र गायिका निर्माला घिसिङको सुमधुर आवाज रहेको “टुँडिखेलमा” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मेघा स्टार कुमार मोक्तान र मोडल रजनी तामाङको अभिनय रहेको “टुँडिखेलमा” म्यूजिक भिडियो कस्मिक इभेन्ट्स युटुब च्यानलबाट सार्वजनिक भएको हो । बानेश्वरमा भएको पत्रकार सम्मेलनमा मोडल रजनी तामाङले कोभिड १९ को तेस्रो भेरियन्ट् ओमिक्रोनको कारणले यसपाली टुँडिखेलमा हुने ल्होछार मेलामा सहभागीता हुन नपाएता पनि टुँडिखेलको सम्झना दिलाउनको लागि यो म्यूजिक भिडियो सार्वजनीक गरेको दाबी गरेको छ ।

“टुँडिखेलरी” म्युजिक भिडियोको संगीत गायक चन्द्र कुमार दोङको नै रहेको छ । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको बाघ वर्ष यही माघ १९ गतेबाट शुरु हुन्छन् । देश तथा विदेशमा रहेका तामाङ समुदायले विभिन्न कार्यक्रमहरुको आयोजना गरी ल्होछार मनाउने गरिन्छ । यो २८५८ औं सोनाम ल्होछार हो ।

मोडल रजनी तामाङ पेशाले वकिल हो तर पछिल्लो समयमा मोडलमा बढी देखा पर्न थालेको छ । तामाङ समुदायमा मोडल हुनका लागि धेरै कलाकारहरुको जन्म भएको छ । मोडल रजनी तामाङले भने यसलाई निरन्तरता दिइरहेका छन् । उनको यो वर्षमा मात्रै तीन वटा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यो म्यूजिक भिडियो सेलो दोहोरी हो । नायक कुमार मोक्तानल्े यो भिडियोलाई न्याय दिनका लागि सशक्त अभिनय गरेको छ भने नायक कुमार मोक्तानको दाँजोमा उभिनका लागि मोडल रजनी तामाङले धेरै प्रयास गरेको भिडियोमा देख्न सकिन्छ ।

मोडल रजनी तामाङको एकपछि अर्को म्युजिक भिडियोमा अभिनय निखारिदै आएको पाइन्छ । किन भने उनको हरे म्युजिक भिडियोहरुलाई नियाल्ने हो भने आफुलाई कथामा बगाउनका लागि जस्तो जुकै अभिनय गर्न साहस जुटाएको देखिन्छ । यसरी नै निरन्तरता दिइरहयो भने थिएटरमा अभिनय कलाकारको जतिकै अभिनय मोडल रजनी तामाङमा पाउन सकिन्छ ।

नायक कुमार मोक्तानसँग जोडी जमाउन सफल हुन्छ कि हुँदैन ? यो म्युजिक भिडियो हेरेपछि अवश्य नै दर्शकदिर्घले नै निर्णय गर्ने छन् ।

शब्द रचनाकार कुमार स्याङवाेकाे याे ल्हाेछार सम्बन्धी याे वर्षकाे दाेस्राे गीत हाे । याे भन्दा पहिला अभिषेक माेक्तानकाे आवाजमा शुभकामना म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । तामाङ समुदायमा कुमार स्याङ्वाे सफल शब्द रचनाकार हुन् ।

Nayak Kumar Moktan & Model Rajani Tamang’s new music video

भर्खरै

सम्बन्धित खबर

Language »