सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नरैनापुरका स्थानीयले काठ नपाएपछि आक्रोस ब्यक्त गरे


नेपालगञ्ज, नरैनापुरका स्थानीयले काठ नपाएपछि अक्रोसित नरैनापुरका स्थानीयले सामुदायिक वनको काठ नपाएको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।

No description available.


बाँकेको नरैनापुर ४ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले स्थानीयलाई काठ नदिई सिमावर्ती भारतीय नागरिकलाई काठ दिएको भन्दै आक्रोसित भएका हुन् । गत जेठ महिनामा भएको आगलागिमा क्षति ब्यहोरेका स्थानीयले घरटहरा बनाउन समेत काठ नपाएको गुनासो ब्यक्त गरेका छन् ।

No description available.


झण्डै १ सय २० घरधुरी रहेका स्थानीयले सामुदायिक वनबाट काठ नपाएको भन्दै डिभिजन वन कार्यालय नेपालगन्जमा ध्यानाकर्षण गराएका छन् । २०५८÷०५९ सालमा सामुदायिक वनका अध्यक्ष रहेका बिजयजित सिंहलाई आर्थिक हिनामिना गरेको आरोप लागेपछि उनले आफन्त र पछिल्लो समय आफ्नै श्रीमती बन्दना सिंहलाई अध्यक्ष बनाएको स्थानीयले जनाएका छन् ।

No description available.
No description available.No description available.
No description available.
No description available.No description available.
No description available.


नेपाल भारत सिमावर्ती क्षेत्रमा समेत घर जग्गा भएका सिंहले सामुदायिक वनबाट बिभिन्न जातका काठ कटान गरि ठेकेदारको मिलेमतोमा भारत बिक्रि गरेको स्थानीयले आरोप लगाएका छन् । आफूहरुलाई आवश्यक परेको काठ सामुदायिक वनका अध्यक्षले नदिएको भन्दै स्थानीयले डिभिजन वन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएका छन् ।

No description available.
No description available.
No description available.

ज्ञापन पत्र बुझ्दै डिभिजन वन कार्यालय बाँकेले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । आफूहरुको माग पुरा नभए कडा संघर्षमा उत्रने स्थानीयले चेतावनी दिएका छन् ।

No description available.

भर्खरै

सम्बन्धित खबर

Language »