काठमाडौं । तामाङ गीत संगीतको बजारमा आजभोलि प्रतेक हप्ता जसो नयाँ नयाँ म्युजिक भिडियो सार्वजानिक हुने गरेको छ ।
काठमाडौं को बौद्ध जोरपाटी स्थित याङ्रीमा हिलसिटी होटलमा एक कार्यक्रमबिच प्रेम गीत “ज्युम नेसी” सार्वजनिक भएको हो ।
तामाङ सुपर स्टार डम्फु मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्बजानिक गरीएको यो गीत सिन्धुपाल्चोक र दोलखाको सिमानामा पर्ने खरीढुङ्गा स्थित फिल्म सिटी मा छायंकन गरीएको दृश्यहरू हेर्न पाइन्छ ।
तामाङ सुपर स्टार डम्फु मिडियाको अध्यक्ष तथा तामाङ चलचित्रका महानायक अमिर दोङ को सभापतित्व , नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेका युवा नेता रेशम लामाको प्रमुख आतित्थ्यतामा सेलो किङ चन्द्र कुमार दोङ , तामाङ कलाकार संघका अध्यक्ष बिश्व दोङ लगाएत व्यक्तित्वहरु अतिथिरहेका थिए भने तथा तामाङ कलाकार ,पत्रकार र शुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन मिसन संमृद्ध नेपाल र तामाङ पत्रकार संघ भक्तपुरको अध्यक्ष सुदिन दोङले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मनतब्य नमोबुद्ध न्युजका छेडुप दोङ ले राख्नु भएको थियो ।
गीतको सफलताको शुभकामना दिने क्रममा वक्ताहरुले केहि कमिकमजोरी भएपनि समग्रमा गीत उत्कृष्ट निर्माणा भएकाेमा खुशी व्यक्त गरेका थिए ।
यो गीतको शब्द टुल्कु लामा, संगीत छेडुप लामा मोक्तान ,स्वर मनिक तामाङ र रश्मि तामाङ दोङ , एरेन्ज रोशन लामा , मिक्सिङ दिपेश प्रधानको रहेको छ भने अभिनयमा विकास दोङ तामाङ र निरन्जली लामा , छायांकन बज्र न्यासुर , नृत्य हेरुका लामा , कथा छेडुप दोङ तामाङ , सम्पादन तथा निर्देशन अमिर कुमार दोङको रहेको छ ।
इन्टायर टिमका देश बाहिर रहेका बाहेक कार्यक्रममा सबै जसोको उपस्थिति रहेको थियो ।
यो गीतको भिडियोमा अभिनय गरेका बिकास दोङ तामाङका बुबा तथा नमोबुद्ध नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बुद्धसिंह तामाङले आफ्नो छोराले यो क्षेत्रमा हात हालेको ले शुभकामना दिनु आफ्नो कर्तब्य भएको भन्दै बुबा आमाले दिएको शिक्षा भन्दा पनि समाजले दिएको अवसरलाई रुचाउने पुस्ताको उदय भएकोले आफ्नो सन्तान डाक्टर, पाईलट, ईन्जिनियर, सिए बनोस् भन्ने चाहना भएपनि सबैको त्यस्तो हुन नसक्ने बताउनु भयो ।
गायक तथा संगीतकार चन्द्र कुमार दोङले आफुलाई विभिन्न किसिमको विवादित उपाधि दिएर अप्ठ्यारोमा नपार्न सबैलाई आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रममा मनतब्य राख्दै प्रमुख अतिथि रेशम लामाले सांगीतिक क्षेत्र भनेको आम नागरिक लाई मात्र नभएर राजनीति र समाजसेवा गर्नेहरुलाई समेत झकझकाउने एउटा राम्रो माध्यम बनाउन सके देशको परिर्वनमा यसको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।
काठमाडौं लगाएतका छिमेकी जिल्लाले काभ्रेलाई हेनेै दृष्टीकोण परिवर्तन गराउन सक्ने पुस्ताको बिकास गर्नु आजको आवस्यकता भएकोले कलाकारीता कै माध्यमबाट यसको पहलकदमी लिन सकिने बताउनु भयो ।
भिडियो हेर्न तलको लिंक मा जानु होला








