नेपालगञ्ज, बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयबाट हुँदै आएका अधिकाँश कामहरु प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

बाँकेमा बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जबाट हुँदै आएका आयात निर्यात बाहेका अन्य सेवाहरु मंगलबारदेखि घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जलाई हस्तान्तरण गरिएको छ ।
बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयबाट भईरहेका स्थानीय वाणिज्य फर्म सम्बन्धि कार्यहरु घरेलु तथा साना उद्योग कार्यालयमा हस्तान्तरण भएको कार्यालयका अधिकृत वालकृष्ण चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख रमेशबहादुर बुढाथोकी, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी चुन्ना लगायतको उपस्थिती थियो ।
चुन्नाले संघीयताको मर्म अनुसार प्रदेश कार्यालयलाई संघीय कार्यालयका अधिकार हस्तान्तरण हुनु सकारात्मक भएको भन्दै प्रभावकारी सेवा प्रवाहमा जोड दिनुभयो । यसैबीच बिश्व उपभोक्ता अधिकार दिवस सोमबार घरेलु तथा साना उद्योग कार्यालय बाँकेले मनाएको छ ।








