सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टिका प्रधान र खड्क ओली

– सुदर्शन प्रधान
तनहुँ जिल्लाको ऐतिहासिक नगरी बन्दिपुर डेढ दशक यता पर्यटन केन्द्र भनेर प्रसिद्धी पाएको छ । आजभन्दा ६० वर्ष अघि एस.एल.सी. परिक्षा दिन पनि काठमाडौं वा पोखरा जान पर्ने बाध्यता थियो, बन्दिपुर एक विकट शहर झै थियो । त्यही बेलाको केही विद्यार्थीहरु मध्ये ठूलो दुःख मिहिनत गरि काठमाडौं पढ्नेमा टिका प्रधान पनि एक हुन् । उनी कृषि विज्ञ बनेर देशको थुप्रै ठाउँहरुमा पुगे । २०३५।०३६ सालतिर उहाँ तनहुँ जिल्ला स्थित खैरेनीको कृषि फर्मका निर्देशक हुनुहुन्थ्यो, जुन जर्मन सरकारबाट सञ्चालित थियो । त्यसबेला त्यहाँको बन्जर माटोलाई उर्वर बनाई मकै खेती, गहुँ खेती र बंगुर पालन, तरकारी खेतीहरु अनुकरणीय थियो । पृथ्वी राजमार्गसँग जोडीएको यो प्रोजेक्ट आफ्नो अवधि सकिएपछि नेपाल सरकारलाई हस्तान्तरण गरि फर्कियो । नेपाली कर्मचारीहरुका अयोग्यता, असक्षमता र विज्ञहरुका पटमूर्खताहरुले नै होला यो फर्म खस्कदै गयो, अघिको प्रतिस्था धुमिल हुन थाल्यो ।
यता टिका प्रधान चाहिँ पूर्वको धनकुटा, धरान, झापा देखि पश्चिम दाङ, रोल्पा, रुकुमसम्म जनप्रतिनिधिहरु, कृषि विज्ञहरु, अगुवा किसानहरु, सरकारी सम्बन्धित अधिकारीहरुलाई तरकारी खेतीको महत्व, प्रविधि, बजारको माग र त्यसलाई व्यवसायीकरण कसरी गर्ने ? भनेर प्रशिक्षण दिने, प्रचार प्रसार गर्ने गरे । मकवानपुर जिल्लाको पालुङमा किसानहरुले आफ्नो खेतबारीमा तरकारी उत्पादन गरेर काठमाडौं, हेटौंडा, पोखरा, नारायणगढ पठाउन सक्षम बन्नमा वरिष्ठ समाजसेवी रुपचन्द्र विष्टको ठूलो भूमिका भएझै नेपालको पूर्वी र पश्चिमी भेगमा व्यवसायिक तरकारी उत्पादन हुनमा कृषि विज्ञ टिका प्रधानको महत्वपूर्ण देन छ ।
२०५२ मा माओवादी जनयुद्ध सुरु भएपछि तत्कालिन शाही सेनाले तनहुँ जिल्लाको खैरेनीको कृषि फर्मको सम्पूर्ण भवन र जग्गा जमिन कब्जा गरि बस्यो । आजसम्म कृषि फर्म सैन्य ब्यारेकमा परिणत भइरहेछ ।
नेकपा (माओवादी) सँग नेपाल सरकारको शान्ति सम्झौता भएको पनि १५ वर्ष लाग्यो तथापी कृषि फर्म पूर्व अवस्थामा फर्कन सकेको छैन । नेपालका राजनैतिक नेतृत्वहरु र नोकरशाहीहरुका अदुरदर्सिता र अपारदर्सिताले खैरेनी बजार नजिक उक्त क्याम्प छ । वास्तवमा मानव वस्ती वरपर सैन्य अखडा रहनु कुनै पनि अर्थमा राम्रो पनि हैन ।
यहाँ कृषि विज्ञ भनौं वैज्ञानिक टिका प्रधानबाट चर्चा गर्दैछु, २ ३ दिनपछि हुन गईरहेको स्थानिय निर्वाचन प्रति उहाँको अवधारणा । अस्ति २५ वैशाख मध्य दिनमा केशव स्थापित र विजय सुवेदीको विकल्प को होला ? जुन लेख सारा खबर.कममा छापिएको छ) लेखि रहँदा मोबाइलमा घण्टी बज्यो । उहि टिका प्रधानको फोन रहेछ,
‘के छ सुदर्शन ? अहिले कहाँ छौं ?’
‘ठिकै छ काका, काठमाडौं छु, पर्सि बन्दिपुर जान्छु मैले भने ।’
‘बन्दिपुरमा कस्तो छ चुनावको चहल पहल ?’ उहााको जिज्ञासा थियो ।
‘खै म त यतै छु, माओवादीबाट पूर्ण सिं थापा, काँग्रेसबाट ध्रुब कुमार प्रधान, एमालेबाट सुरेन्द्र थापा उठेका छन् ।’
‘कस्ले जित्ला जस्तो छ ?’
‘माओवादीको पूर्ण सिं नै आउला, २०३६÷०३७ मा संगठनको जग हाल्ने हामीले नै गरेका थियौं, ठूलो मिहिनेत गरेर’ मैले भनें ।
ठिक छ, एमाले बाहेक अरु जो आए पनि हुन्छ उहाँले भन्नु भयो ।’
‘किन र का का ? नेकपा (एमाले) लाई त्यसो भन्नु भएको’ मैले प्रश्न गरें ।
‘संविधाननै च्याट्न खोज्ने त्यस्तो पार्टीलाई पराजित गर्न सबै लाग्नु पर्छ’ उहाँको संक्षिप्त भनाई थियो ।
आफ्नो कृषि विज्ञताको विषय बाहेक, अरु विषय र राजनीतिमा चासो नराख्ने टिका प्रधान यसपालीको स्थानिय निर्वाचनमा ‘एमाले बाहेक जो आए पनि हुन्छ’ भनेर जुन भन्नु भयो यो उहाँको अर्को विज्ञता हो, किनकी नेकपा(एमाले) को नेतृत्व गर्ने खडक ओली र उनको पछि लाग्ने विद्या भण्डारी, ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर भण्डारी, पृथ्वी सुब्बा, डोरमणी पौडेल, सेरधन राई लगाएत सम्पूर्ण झुण्डको कर्म भनेको मुलुकलाई गृहयुद्धमा लैजाने हो । हिट्लरको फासिस्ट पार्टीमा पनि हजारौं बुद्धिजिवी, विज्ञ, डाक्टर र ईन्जीनियरहरु थिए र लाखौं सेनाहरु पनि । यि सम्पूर्ण शक्तिलाई परिचालन गरेर उनले दोस्रो महायुद्ध सुरु गरे र करोडौं जनताको हत्या गरे । अन्तमा सोभियत संघको स्टालिनको नेतृत्वको लालसेनाले तिनलाई ध्वस्त पारे । पचासौं लाख जर्मनी फासिस्टहरु पनि खरानी बने, हिटलर स्वयंले आत्मा हत्या गरे । झण्डै जर्मन भन्ने देशको अस्तित्व नै लोप भएको । किनकी व्रिटिश प्रधान मन्त्री चर्चील र अमेरिकी राष्ट्रपति रुजवेल्टले ‘युद्धका रचयिता जर्मन भन्ने देशको अस्तित्व लोप पार्न पर्छ’ भन्ने प्रस्ताव आउँदा स्टालिनले ‘यो दोस्रो महायुद्धमा विश्वका जनताले हामीलाई शान्तिको लागि म्याण्डेट दिएको हो, कसैको देशको अस्तित्व नामेट पार्न हैन’ भनेर बचाएको हो ।
हिटलर प्रवृत्तिका धनी खडक ओलीको समर्थनमा शहर बजार र गाउँ गाउँ दुर दराज ठाउँहरुमा पनि बुद्धिजिवी, विज्ञ, डाक्टर, ईन्जिनियर, शिक्षक, समाजसेवीहरु पनि देखिन्छन् । एक न एक निहित स्वार्थमा डुवुल्कीमारी उनीहरु वेग गतिले खडक ओली पथमा कुदि
रहेछन् । तिनले आफ्नो मूल नेतृत्वले पार्टी रुपी वसलाई कता हाँकिरहेछन् ? कुनै ख्याल गरेको देखिन्न । छाङ्गाछुर भिर पहराबाट बसलाई झारी सर्वनाश गरेपछि मात्र तिनमा चेत आउलान् जुन प्रवृती हिटलरले प्रदर्शन गरेको थियो ।
२७ वैशाख २०७९

भर्खरै

सम्बन्धित खबर

Language »