सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शौचालय जाँदा लडेर एक महिलाको मृत्यु

काठमाडौं । भक्तपुरमा शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका.५ कि ४६ वर्षकी जमुना भट्टराई रहेकी छन् ।

सूर्यविनायक नगरपालिका.५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा जमुना घरको पहिलो तलाबाट लडेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार लडेर गम्भीर घाइते भएकी जमुनालाई श्रीमान हिरा भट्टराईले काठमाडौं मेडिकल कलेज दुवाकोट लगेका थिए ।

अस्पतालमा उपचारका क्रममा उनले शनिबार बिहान साढे ५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »