नेपालगन्ज, इस्लाम धर्मवलम्बिहरुको मोहरर्म पर्व नेपालगन्ज लगायत विभिन्न स्थान बाँट बाजागाजाका साथै हुसैनी जुलुस निकालिने छ ।

आज देखि मोहरर्म पर्व शुरु भएको छ । बिहिबार साउन १९ गते आज राती १२ बजे पछि मोहरर्म पर्वको ५औ दिन बाजागाजा साथ ढोल मिलन कार्यक्रम हुसैनी जुलूस निकालिने छ ।
साउन २० गते सुक्रबार राती १२ बजे पछि छाठौ दिनमा मेहन्दी मिलन कार्यक्रम हुसैनी जुलूस निकालिने तयारी भएको आयोजकले जनाएको छ ।
शनिबार साउन २१ गते मोहरर्म पर्वको ७औ दिनमा अलम मिलन ,मातम गर्ने कार्यक्रम हुने छ ।
आईतबार साउन २२ गते ८औ दिन मा हुसैनी जुलूस निकालिने र अलम मिलन गरी महतम, जनज़ीरको महतम र आगोको महतम , मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन वारसीले बातए ।
विभिन्न कला झल्काउने उद्देश्यका साथै लाठी प्रदर्शन हुने गरिने छ । फ़ैज़ स्पोर्ट्स लाठी क्लबका अध्यक्ष अली हुसैन राईले बताए ।
त्यस पश्चात् सोमबार साउन २३ गते मोहरर्म पर्वको ९औ दिन ताजिया राखी रातभरी दुरुद फातिहा गरि मनाउने र भोलि पल्ट मोहरर्म पर्वको १० औ दिन ताजिया बिसर्जनको कार्यक्रम रहेको मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका उपाध्यक्ष मेराज हिमालले बताउनु भयो ।