१८ औं रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो ।
उपाधिसँगै मनाङ मर्स्याङ्दीले नगद १० लाख रुपैयाँ हात पारेको छ भने उपविजेता नेपाल पुलिस क्लबले ५ लाख रुपैयाँमै चित्त बुझाएको छ ।
पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मारेको हो ।