सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोश्रो बि.एम.जे. प्रिमियर लिग (समर सिजन) पहिलो खेल सम्पन्न

काठमाडौं । स्वस्थ्य जिवनको लागि खेल,राष्ट्रको लागि खेल भन्ने मान्यताको साथ आजभोलि मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको छ ।

बुढानीलकण्ठ ७ कपनमा रहेको बि.एम.जे.रिलोडेड फ्रेण्डस् एण्ड फिटनेसको आफ्नो नियमित कार्यक्रमको निरन्तरन्तरता स्वरुप दोश्रो बि.एम.जे.समर सिजनको पहिलो खेल बिहिवार सम्पन्न भएको छ ।
जेठ २४ गते बिहिवार कपन स्पोर्टस् को फुटसल मैदानमा भएको प्रतियोगितामा पहिलो टिम भद्रकाली र मनकामना टिम बिच खेल भएको थियो दोस्रो खेल टिम दक्षिणकाली र टिम पाथिभारा बिच भएको थियो ।
टिम भद्रकाली र मनकामना टिम बिच भएको खेलमा दुवै टिमको १—१ गोलको बराबरीमा खेल सकिएको थियो । टिम मनकामनाको तर्फबाट प्रमेश थापा र टिम भद्रकालीको तर्फबाट सन्जय सुबेदीले गोल गरेका थिए ।
दोस्रो खेल टिम दक्षिणकाली र टिम पाथिभारा बिच भएकोमा दुवै टिमको १—१ गोलको बराबरीमा खेल सकिएको थियो । यो खेलमा पाथिभारा टिमका कुमार निरौला र दक्षिणकाली टिमका शन्तोष श्रेष्ठले गोल गरेका थिए ।
दुवै टिमको खेलमा पहिलो हापमा कुनै पनि गोल हुन नसकेकोमा दोस्रो हापमा १—१ गोल गर्दै खेल बराबरीमा सकिएको हो ।
यो खेलका म्यन अफ द म्याचको उपाधि टिम मनकामनाको तर्फबाट खेलेका प्रमेश थापाले पाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »