सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालको स्वर्णिम इतिहासमा सुशील कोइरालाको नाम स्वर्ण अक्षरले दर्ज छ: डा. कोइराला


नेपालगन्ज, नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निभाएकाले नेपाली राजनीतिमा कोइरालाको योगदान सदा स्मरणीय रहने बताएका छन् । नेपाली कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलनको आज नेपालगन्जमा उद्घाटन गर्दै डा. कोइरालाले नेपालको स्वर्णिम इतिहासमा सुशील कोइरालाको नाम स्वर्ण अक्षरले दर्ज भएको बताए ।

सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीले कार्यशैली बदल्नुपर्ने बताए । कांग्रेस कमजोर भए अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार हुने दाबी गर्दै सहमहामन्त्री राठौरले कांग्रेस मजबुत बन्नुपर्ने आवश्यकता औंल्याए । उनले पार्टीलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे । राठौरले आपसी रिसराग त्यागेर टोल र वडामा संगठन बनाउनतर्फ लाग्न आह्वान गरे । जिल्ला सम्मेलनमा केन्द्रीय सदस्यद्वय डा. गोपाल दहित र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व जिल्ला सभापतिहरु किरण कोइराला, कृष्णमान श्रेष्ठ र गजेन्द्र हमाल, लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता र मो. नकी खाँ लगायतले सम्बोधन गरेका थिए ।

दोस्रो जिल्ला सम्मेलनमा जिल्ला सभापति नारायणप्रसाद गौडेलले बार्षिक नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवदेन प्रस्तुत गरेका थिए । त्यस अवसरमा प्रजातन्त्र सेनानीहरु, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एक/एक जना उत्कृष्ट कार्य गरेका वडा सभापतिहरु, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दमा अपाङ्गता भएका, शिक्षातर्फ सामुदायिक उत्कृष्ट विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघसंस्था गरी पाँच दर्जन बढी ब्यक्ति एवम् संस्थालाई सम्मान गरिएको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए । सभापति गौडेलको सभापतित्वमा सम्पन्न सम्मेलनमा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य तथा अर्का उपसभापति कृष्णबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »