सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नगरपालिका र करदाता बिचमा समन्वय गर्न तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम अयोजना

काठमाडौं । नगरपालिका र करदाता बिचमा समन्वय गर्न तारकेश्वर नगरपालिका र सचेतना नागरिक संस्था नेपालद्वारा करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका धर्मस्थलि काठमाडौं र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर ११ को सहकार्यमा काठमाडौंको टुसल मल्टि भेन्युमा शनिवार दिउसो भएको कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका विभिन्न ब्यावसायी तथा करदाताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नगर उप प्रमुख सिर्जना बुर्लाकोटी अर्यालले गरेकी थिइन भने कार्यक्रम समया पौडेलले संचालन गरेकि थिइन् ।
कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख कृष्ण हरि महर्जन,बिशेष अतिथिमा प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पाण्डे र अन्य अतिथिहरुमा उद्योग वाणिाज्य महासंघका रामचन्द्र दाहाल, आन्तरिक राजस्व कार्यलयका रबिन शाह, हेमन्त फुयाल, सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीको आतिथ्यता रहेको थियो
कार्यक्रममा स्वागत मन्तब्य , सागर अर्यालले गरेका थिए भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले गमलामा पानी राखेर गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि महर्जनले “करको दायरालाई फराकिलो ,ब्यवस्थित र पारदर्शिताका लागि विभिन्न शिर्षकमा सचेतना कार्यक्रमहरु गर्दै आयका छौ, र घर देखि राष्ट्र निर्माण सम्मका लागि अर्थ ब्यवस्थापन नितान्तै आवश्यक रहने हुदा राजस्व ब्यवस्थापनमा नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेलेको छ, नगरको समग्र बिकाशका साथै, सब्य र सुन्दर नगर निर्माणका लागि ब्यवस्थित अर्थ नीति निर्माण गरि लागि परिरहेको ” कुरा नगर प्रमुख महर्जनले बताए ।
कार्यक्रममा बोल्दै सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीले कार्यक्रम को उद्धेश्य र आगामी दिनहरुमा संस्थाले खेल्नु पर्ने भुमिकाको बिषयमा स्पष्ट पार्दै भने ,”यो कार्यक्रम नितान्त करदाता हरुलाई सरल सेवा सुविधाका लागि सचेता जगाउने मात्र नभई आगामी दिनहरुमा करदाताहरुले तिरेको कर को सदुपयोग र उचित ब्यवस्थाप हुनु पर्छ” र यो कार्यक्रमले एउटा जागरण पैदा गर्ने छ र आगामी दिनहरुमा सबैले सचेत नागरिकको पहिचान सहित सबैले समयमै कर तिरी सचेत नागरिकको पहिचान दिनेमा जोड दिने कुरा ब्यक्त गरे । सचेत नागरिक संस्था नाफामुलक संस्था नभयर सेवामूलक संस्था भयको कुरा अध्यक्ष उप्रेतीको थियो ।
्कार्यक्रम को सहजीकरण आन्तरिक राजस्व कार्यलयका हेमन्त फुयाल ,रबिन शाह र उद्योग वाणिाज्य महासंघका रामचन्द्र दाहालले गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »