सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज- २० राँझामा बहुउद्देश्यीय भवन बन्ने


नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गर्नुभएको छ ।

तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ । हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन निर्माण गरिसक्ने बताउनुभयो । बहुउद्देश्यीय भवन एडिबीको सहयोग र खानेपानी तथा ढल निकास विभागको समन्वयमा बन्न लागेको नगरपालिकाका सब(इन्जिनियर समेत रहेका प्राविधिक सम्पर्क व्यक्ति पवन बुढाले जानकारी दिनुभयो ।

१ करोड ६६ लाख ९६ हजारको लागतमा भवन बन्न लागेको हो । महामारीजन्य रोगहरुलाई लक्षित गरेर होल्डिङ सेन्टरका रुपमा उपयोग गर्ने उद्देश्यका साथ भवन बनाउन लागिएको नगर प्रमुख विष्टले बताउनुभयो । उहाँले बहुउद्देश्यीय भवनको छेउँमा १५ शैयाको अस्पताल बनाउने योजना पनि रहेको जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोवी लगायत उपस्थित हुनुहुन्थ्यो ।

भर्खरै

सम्बन्धित खबर

Language »