निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडाैँकाे बेथितिः अश्लील भिडियाे बनाएर बार्गेनिङ


काठमाडौं । गेष्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ। घटना नारी दिवसकै दिन फागुन २५ को रातिको हो। बागबजारस्थित एक गेष्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकमाथि तीन लाख बार्गेनिङ गरेको पाइएको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ। रामेछाप दिमी पोखरी घर भइ हाल काठमाडौं महानगरपालिका–१२ मा डेरामा बस्ने एलिक्स भन्ने श्याम रायमाझी, राज भन्ने सुरज रायमाझी र बौद्धमा बस्ने एक युवतीको मिलेमतोमा अर्का युवकलाई बार्गेनिङ गर्ने योजनाअनुसार सेक्स भिडियो बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘युवती सुरुमा कफी पिउन मात्रै राजी भए पनि पछि गेष्ट हाउसमा बसेको र खाएको पैसा तिर्ने शर्तमा अर्का एक युवकसँग यौन सम्पर्क गर्न राजी भएको देखिन्छ।’ वृत्तका प्रमुख डीएसपी कौशल बुढाथोकीका अनुसार सुरुमा चारै जनाले मदिरा सेवन गरेका थिए। मदिराको नशा चढ्दै गएपछि ती युवकले नै युवतीलाई यौन सम्पर्कको प्रस्ताव गरेका थिए। यौन सम्पर्क नगर्ने बताएकी युवतीलाई एलिक्सले नै गेष्ट हाउसमा खाएको बिल तिर्न गार्‍हो हुन्छ भन्दै राजी हुन मनाएको बयान युवतीले प्रहरीमा दिएकी छन्।

युवतीको बयानअनुसार यौन सम्पर्क हुँदै गर्दा एलिक्स र राज एक्कासी गेष्ट हाउसभित्र छिरेर फोटो र भिडियो खिचेका थिए। ‘हामी यौन सम्पर्क गर्दै थियौं। एक्कासी एलिक्स र राज भित्र छिरे,’ युवतीले प्रहरी बयानमा भनिन्, ‘बत्ती बाल्दै निभाउँदै भिडियो खिचे।’ यौन सम्पर्क सकिएपछि राति मदिराको नशामा रहेका चारै जना गेष्ट हाउसमै बसेका थिए।

भोलीपल्ट २६ गते पनि गेष्ट हाउसमा पैसा तिर्न नसकेपछि राज, एलिक्स र युवती गेष्ट हाउसमै बसे। युवतीको बयानअनुसार २७ गते मात्रै ती युवकसँग यौन भिडियो देखाएर बार्गेनिङ गर्ने योजना बुनिएको थियो। योजनाअनुसार ती युवती आफैंले तीन लाख दिए भिडियो हटाउने बार्गेनिङ गरेकी थिइन्। तर, दुई लाख ५० हजारमा कुरा मिलेको थियो।

युवकले रकम १५ दिनमा तिर्ने सर्त राखेपछि होटलमा तिर्नुपर्ने १५ हजारमात्रै तिरेर उनीहरू बाहिरिएको प्रहरीले बताएको छ। वृत्तका डिएसपी बुढाथोकीले युवकको जाहेरीअनुसार हाल ती युवती, एलिक्स र राजलाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध आपराधिक लाभ कसुरमा अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए।

अन्नपुर्णपाेष्टबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »