सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाखुसी यातायातको भाडामा मनपरि : साँढे दुई किलोमिटर यात्रा गर्दा पच्चिस रुपैयाँ भाडा


काठमाडौं । काठमाडौंका प्राय सार्वजानिक सवारीको साधनप्रयोग गर्दा भाडामा एकरुपता पाईएको छैन ।
चक्रपथमा चल्ने भाडाका सवारीसाधनहरुले पुरै चक्रपथ परिक्रमा गर्दा ४० रुपैयाँ भन्दा बढी भाडा लिन पाउँदैनन् तर गौशाला बाट कलंकी सम्म गएको भाडानै ४० रुपैयाँ भन्दा माथि लिने गरेको पाईएको छ ।
२०७९साल साउन ५ गते बागमती प्रदेश सरकार श्रम,रोजगार तथा यातायात मन्त्रालयको राजपत्रमा प्रकाशित भाडादर बमोजिम सार्वजानिक यातायातहरुले भाडा लिनुपर्नेमा आफुखुसी जथाभावी भाडा असुलेको पाईएको हो ।
सामान्यतय ५ किलो मिटर सम्म यात्रा गर्दाको भाडा रु २० हो तर सामाखुसीको टोखा रोड स्टेसन बाट ग्रीन ल्याण्ड स्कुल सम्म जाँदा जम्मा २.५ किलोमिटर मात्र छ ,त्यहाँको भाडा २५ रुपैयाँ लिने गरेको पाइएको छ ।
प्राय यात्रुहरु आफ्नो गनतव्यमा पुग्न हतारमा हुने र २ – ५ रुपैयाँमा त्यति धेरै गलफति गरेर बस्न नचाहाने हुनाले सार्वजानिक यातायातको सह चालकहरुले यात्रुहरुको मनोभावना र अवस्थालाई हेरेर भाडा लिनेगरेको सर्वसाधारणहरुको गुनासो छ ।
कहिले काँहि ट्राफिक प्रहरीले भाडाको बिषयमा अनुगमन गरेपनि अरु सम्बन्धित निकायहरुले यो बिषयमा खासै चासो देखाएको देखिदैन ।

भर्खरै

सम्बन्धित खबर

Language »