काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं. २६ का वडाध्यक्ष खेमराज तिवारीको प्रमुख आतित्थ्यतामा एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ ।
एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलको वार्षिकोत्सवको शुभ अवसरमा उच्च जिपिए ल्याउन सफल विद्यार्थीहरुलाई र खेलकुदमा उत्कृष्ट नतिजा ल्याउन सफल खेलाडीहरुलाई विद्यालयले सम्मान गरेका थिए ।
वरिष्ठ विद्यालय निरिक्षक तथा काठमाडौँ शिक्षा प्रमुख मोतिराज खनाल, एजुकेसन प्रमोशन सोसाइटीका अध्यक्ष शरण रत्न स्थापित लगायतका विशिष्ट व्यक्तिहरु अतिथिका रुपमा उपस्थित रहेका थिए । काठमाडौँको ठमेल गल्कोपाखामा रहेको एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलमा देशका विभिन्न जिल्लाबाट काठमाडौंमा आएर स्थायी तथा अस्थाई रुपमा बसोबास गर्ने विद्यार्थीहरुले अध्ययन गर्ने गरेका छन् । प्राइभेट विद्यालय भएता पनि स्कलरसीपको व्यवस्था गरि आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरीहरुलाई नि:शुल्क शिक्षा प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक अनुप आचार्यले सारा खबरलाई जानकारी दिनुभयो ।
![](https://www.sarakhabar.com/wp-content/uploads/2023/03/IMG_0178-1024x683.jpg)
एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलको बाह्र कक्षामा अध्ययनरत विद्यार्थी निमा लामा र सोनु श्रेष्ठले मलेशिया र बगंलादेशमा भएको सितोरियो कराँतेमा मेडल जित्न सफल भएका थिए । अन्तर्राष्ट्रिय स्तरमा पनि यो विद्यालयको नामलाई चिनाउन सफल यी दुई होनहार विद्यार्थीलाई विद्यालयले वार्षिकोत्सवको अवसरमा सम्मान गरेको थियो । यसैगरी विभिन्न विद्यालयसँग भएको टेबलटेनिस खेलमा मेडल जित्न सफल कक्षा पाँचका विद्यार्थी आर्यन शाहीलाई पनि सम्मानपत्र र मेडल प्रदान गरेको छ । यस विद्यालयले शिक्षा र खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर विद्यार्थीहरूको उच्च मनोबल बढाउँदै मानसिक ,शारीरिक तथा सामाजिक विकास गरेको आजको सम्मानले प्रमाणित गरेको छ । काठमाडौंका विभिन्न विद्यालयहरु बिच भएको बास्केटबल प्रतियोगितामा प्रथम हुन सफल यस विद्यालयका बास्केटवल खेलाडीहरुलाई पनि मेडल र प्रमाणपत्र दिएर सम्मान गरेका छन् भने बास्केटवलमा सबैभन्दा उच्च स्कोर गर्न सफल हृदम लामालाई पनि बेष्ट बास्केटवल प्लेयरको घोषणा गर्दै विद्यालयले सम्मान गरेको थियो ।
प्रमुख अतिथि खेमराज तिवारीले सामाखुशी क्षेत्रकै पुरानो विद्यालयको रुपमा नाम कमाउन सफल विद्यालयहरुमा पहिलो नम्बरमा एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुल रहेको जिकिर गर्दै उहाँले भन्नु भयो “यो विद्यालय समाखुशी क्षेत्रको सबैभन्दा पुरानो विद्यालय हो । यस विद्यालयबाट थुप्रै सफल विद्यार्थी उत्पादन भएका छन् । अब सामाजिकरुपमा नै राजनीतिक चेतनाको विकास गराउनका लागि यो विद्यालयबाट पनि राम्रोसँग राजनीति बुझ्न सक्ने विद्यार्थी जन्मिनु पर्छ ।”
![](https://www.sarakhabar.com/wp-content/uploads/2023/03/IMG_0106-1024x683.jpg)
विद्यालयको वार्षिकोत्सवको अवसरमा आधुनिक प्रविधि र सामाजिक संजालको कारणले परिवारमा कसरी विखण्डन आउँछ ? त्यसबाट बालबालिकामा कस्तो असर पर्दछ त ?भन्ने सन्देशमुलक नाटक पनि विद्यार्थीहरूद्वारा प्रस्तुति गरेको थियो ।
कार्यक्रमलाई सभ्य र भव्य गराउन अनि विद्यार्थी र अविभावक बीचमा राम्रो सन्देश दिने कार्यमा शिक्षक डम्बर थापा मगरको व्यवस्थापन सम्मान योग्य थियो ।
आजको यस वार्षिकोत्सबमा यस विद्यालयका विद्यार्थीहरूले आफ्ना-आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । कोही नृत्यमा निपुण छन् त कुनै नाटकमा कुनै विद्यार्थी गायन, क्यारीकेचर र संगितमा । यो माहोल देख्दा लाग्थ्यो साँच्चिकै प्रतिभावान विद्यार्थीहरु र सफल शिक्षकहरु यस विद्यालयका सर्वश्रेष्ठ बिशेषता हुन् । हर्षित मुद्रामा देखिएका अभिभावकहरु आफ्ना बच्चाहरूको प्रस्तुतिमा रमाइरहेका थिए भने आफ्ना बच्चाहरूको शैक्षिक प्रगति र विभिन्न खेलमा जितेको मेडल र सर्टिफिकट पाएर विद्यार्थी पनि दङ्ग थिए ।
![](https://www.sarakhabar.com/wp-content/uploads/2023/03/IMG_0016-1024x683.jpg)
![](https://www.sarakhabar.com/wp-content/uploads/2023/03/IMG_0118-1024x683.jpg)
![](https://www.sarakhabar.com/wp-content/uploads/2023/03/IMG_0193-1024x683.jpg)
![](https://www.sarakhabar.com/wp-content/uploads/2023/03/IMG_0130-1024x683.jpg)
![](https://www.sarakhabar.com/wp-content/uploads/2023/03/IMG_0053-1024x683.jpg)
![](https://www.sarakhabar.com/wp-content/uploads/2023/03/IMG_0070-1024x683.jpg)
![](https://www.sarakhabar.com/wp-content/uploads/2023/03/IMG_0031-1024x683.jpg)